close

बुटवलमा खुल्यो कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना कार्यालय 

कालीगण्डकीको राम्दी पुलदेखि २.३ किलोमिटर तल रहेको रम्भाबाट २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ दोभानमा पानी खसाल्ने योजना 

बुटवलमा खुल्यो कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजना कार्यालय 

कालीगण्डकीको राम्दी पुलदेखि २.३ किलोमिटर तल रहेको रम्भाबाट २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ दोभानमा पानी खसाल्ने योजना 

Trulli
ADVERTISEMENT

रूपन्देही– अर्थमन्त्री विष्णु पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन यस क्षेत्रका लागि गेम चेन्जर प्रोजेक्टका रूपमा रहेको बताएका छन् । आयोजनाले यस क्षेत्रको विकासमा कायापलट ल्याउँदै सिंगो मुलुकको मुहार फेर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।

 

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको बुटवलमा स्थापना भएको कार्यालयको शनिबार उद्घाटन गर्दै उनले आयोजना सम्पन्न गर्न स्रोत अभाव नहुने प्रतिबद्धता व्यक्त गरे । विद्युत् उत्पादनसँगै रूपन्देही, कपिलवस्तु र नवलपरासीका खेतीयोग्य जमिनलाई सिञ्चित गरी आर्थिक समृद्धिमा महत्त्वपूर्ण उपलब्धि हासिन गर्न सकिने उनको भनाइ छ ।

 

आयोजनाबारे जानकारी दिँदै अर्थ, गृह, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका पौडेलले यसबाट १२६ मेगावाट विद्युत् उत्पादन हुने बताए ।

 

कालीगण्डकी नदीको राम्दी पुलदेखि २ दशमलव ३ किलोमिटर तल रहेको रम्भा गाउँपालिका वडा नम्बर ३ बाट २७ किलोमिटर सुरुङ हुँदै पाल्पाको तिनाउ–३ दोभानमा पानी खसाल्ने योजना छ । सुरुङमार्फत ८२ घनमिटर प्रतिलिटर पानी ल्याएपछि दोभानमा ड्याम निर्माण गरी ५४ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य
छ । 

 

दोभानबाट ७ किलोमिटर सुरुङ हुँदै रूपन्देहीको बुटवल उपमहानगर वडा नम्बर १३ बेलबासमा पानी खसाली ७२ मेगावाट विद्युत् उत्पादन हुने अर्थमन्त्री पौडेलले जानकारी गराए ।

 

कालीगण्डकीबाट ६ दशमलव ५ मिटरको गोलाइ सुरुङ निर्माण गरी पानी ल्याउने योजना छ । उक्त पानीले रूपन्देहीमा ५३ हजार तथा कपिलवस्तुमा ५४ हजार जमिन सिँचाइ गर्ने लक्ष्य राखिएको छ ।

 

आयोजना सम्पन्न गर्न ६४ अर्ब विद्युत् उत्पादनको क्षेत्रमा तथा ७४ अर्ब सिँचाइको संरचना तयार पार्न खर्च अनुमान गरिएको छ । यसरी आयोजना सम्पन्न गर्न कुल १ खर्ब ३८ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

 

बुटवलमा आयोजनाको कार्यालय स्थापनासँगै जग्गा अधिग्रहण तथा डिपिआरको काम अघि बढ्नेछ । आयोजनाअन्तर्गत कालीगण्डीमा नियमित वहनका लागि २० घनमिटर प्रतिसेकेन्ड पानी छाडिनेछ ।