close

याङ्बरकको २ नम्बर वडा कार्यालय निर्माण

याङ्बरकको २ नम्बर वडा कार्यालय निर्माण

Trulli
ADVERTISEMENT

पाँचथर– पाँचथरको याङ्बरक गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय भवन निर्माण सम्पन्न भएको छ । भवनको शनिबार उद्घाटन गरिएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ खतिवडाले वडा भवन उद्घाटन गरे ।

 

अढाई तले उक्त भवन गाउँपालिकाले संघीय सरकारसँगको साझेदारीमा निर्माण गरेको हो ।  १ करोड ७० लाख ४८ हजार ९८२ रुपैयाँ लागतमा हिमतारा आरके जेभीले भवन निर्माण गरेको हो ।

 

भवन निर्माणका लागि १६ असार ०७७ मा सम्झौता भएको थियो । दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकामा समयअगावै निर्माण सम्पन्न भएको हो । 

 

वडा भवन निर्माण भएसँगै भाडा कोठाबाट वडा कार्यालयले सेवा प्रवाह गर्नुपर्ने बाध्यता हटेको वडा नम्बर २ का वडाध्यक्ष देउकुमार योङहाङले बताए ।