close

चौदण्डीमा सिँचाइ कुलो शिलान्यास 

चौदण्डीमा सिँचाइ कुलो शिलान्यास 

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुरको चौदण्डीगढीमा ५७ लाख रुपैयाँ लागतको सिँचाइ कुलो शिलान्यास गरिएको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बसाहास्थित तीनदोभाने–पहरेखोला सिँचाइ कुलोको नगरप्रमुख खगेन्द्र राईले शिलान्यास गरे ।


नगरपालिका, प्रदेश र संघीय सरकारको २०÷२० प्रतिशत बजेट लागत रहेको कुलोको ३४ लाख ५० हजार ४ सय ८६ र बाँकी बजेट ३० प्रतिशत अर्थात् २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ साना सिँचाइ कार्यक्रमअन्तर्गत स्वीस सरकारको रहेको छ ।

 


बजेटमध्ये १० प्रतिशत स्थानीय जनसहभागिता रहने गरी कुल ५७ लाख ५० हजार रुपैयाँ लागतमा पक्की कुलो निर्माण हुन लागेको हो । बसाहा क्षेत्रकै सबैभन्दा पुरानो कुलोको रूपमा चिनिएको उक्त सिँचाइ कुलोको लम्बाई १९ सय मिटरमध्ये १३ सय मिटर मात्र पक्की ढलान हुनेछ भने ६ सय मिटर स्तरोन्नति गरिनेछ ।


४० सेन्टीमिटर उचाइ रहने कुलोको चौडाइ ५० सेन्टिमिटर हुने इन्जिनियर सन्तोष साहले जानकारी दिए । कार्यक्रममा नगरप्रमुख राईले ६५ प्रतिशत नागरिक कृषिमा आश्रित रहेकाले कुलो निर्माणपछि उत्पादन बढ्ने विश्वास व्यक्त गरे ।

 

तीनदोभाने पहरेखोलाको मुहान थपिएको खोलामा बाह्रैमास पानीको स्रोत रहने गरेको छ । उक्त कुलोले बसाहाका १ सय ७० घरपरिवार लाभान्वित हुनेछन् ।