close

चनौटेमा बन्दै बेलीब्रिज 

चनौटेमा बन्दै बेलीब्रिज 

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका चनौटे रातोपुलमा बेलीब्रिज निर्माण अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाको इन्जिनियरिङ विभागले पुल निर्माणको जिम्मा पाएलगत्तै दैनिक ६० सैन्य जनशक्तिले दुई महिनाभित्रै पुल निर्माण अन्तिम चरणमा पु¥याएको हो ।

 

मेलम्ची खोलामा गत १ असारमा गएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका ११ झोलुंगे पुल र ७ पक्की पुल बगाएपछि एक मात्र विकल्पमा चनौटेको रातोपुलसमेत १६ साउनमा बगाएपछि त्यस भेगका करिब १५ हजार स्थानीय प्रत्यक्ष प्रभावित बनेका थिए ।  


 
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलसम्मको मुख्य प्रवेश मार्गसमेत रहेको चनौटे रातोपुलमा बेलीब्रिज निर्माण अन्तिम चरणमा रहेको र उद्घाटन केही दिनमा गरिने सेनाका प्राविधिक भीमसेन थापाले जानकारी दिए ।

 

रातो पुल बगाएपछि तीन स्थानीय तहको सडक सञ्जालका रूपमा रहेको बेलीब्रिज बनाउन अर्थ मन्त्रालयको ९० लाख ५३ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पालिकाको सडक सञ्जाल मजबुत बनाउन बेलीब्रिजले महत्त्वपूर्ण हुने बताए ।

 

पुल निर्माणपछि हेलम्बु गाउँपालिकाको केन्द्र किउल, तार्केघ्याङ, सेर्माथाङ, पाल्चोक, नाकोते मेलम्चीका वडा नम्बर ७ र ८ तथा पाँचपोखरीका १ र २ लगायतमा यातायात सहज हुनेछ ।