close

तानसेन–तम्घास सडक रातीमा बन्द

तानसेन–तम्घास सडक रातीमा बन्द

Trulli
ADVERTISEMENT

रूपन्देही– तानसेन–तम्घास सडक खण्ड शुक्रबारदेखि १५ दिनसम्म रातीको समय बन्द हुने भएको छ । सडक विस्तारका लागि सडक बन्द गर्न लागिएको हो । पाल्पाको जोर्ते भीर क्षेत्रमा तानसेन–तम्घास सडक विस्तार गर्न चट्टान काट्नुपर्ने भएकाले २८ माघदेखि १३ फागुनसम्म राती ९ देखि बिहान ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।

 


सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले सूचना जारी गर्दै उक्त अवधिमा सडक विस्तारको काम हुने भएकाले रातीको समय सवारी साधन नचलाउन आग्रह गरेका छन् ।