close

आन्दोलनरत निर्माण व्यवसायी र सरकारबीच वार्ता जारी

आन्दोलनरत निर्माण व्यवसायी र सरकारबीच वार्ता जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । आन्दोलनरत निर्माण व्यवसायी र सरकारबीच अहिले वार्ता भइरहेको छ । 

 

बिहीबार मुख्यसचिवस्तरीय बैठकले निर्माण व्यवसायी महासंघका माग सम्बोधन गर्ने निर्णय गरी वार्ताका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जिम्मा दिएको थियो । 


सोहीबमोजिम यतिखेर सार्वजनिक खरिद अनुगमन कार्यालयमा दुई पक्षबीच वार्ता भइरहेको निर्माण व्यवसायी रामचन्द्र गिरीले जानकारी दिएका छन् । 

 

वार्ताका लागि निर्माण व्यवसायी महासंघको तर्फबाट पाँच प्रतिनिधि सहभागी छन् । 

 

निर्माण सामग्रीमा अत्यधिक मुल्यवृद्धि भएको, र सो नियन्त्रण गर्न भन्दै निर्माण व्यवसायी महासंघले यसअघि विभिन्न कार्यालयमा धर्ना कार्यक्रमसमेत गरेको थियो । 

 

निर्माण उद्योगमैत्री कानुन जारी गर्नुपर्ने, बिमा निर्देशिका खारेजीजस्ता माग उनीहरूले राख्दै आएका छन् ।