close

दोलखाको बैतेश्वरमा शनिवार मात्रै बिदा

दोलखाको बैतेश्वरमा शनिवार मात्रै बिदा

Trulli
ADVERTISEMENT

दोलखा । दोलखाको बैतेश्वर गाउँपालिकामा साताको एक दिन मात्रै सार्वजनिक बिदा हुने भएको छ ।

नेपाल सरकारले सातामा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भए पनि गाउँपालिकाले शनिबार मात्रै बिदा दिने निर्णय गरेको हो ।

गाउँपालिकाको निर्णय अनुसार अब आइतबारदेखि बिहीबारसम्म बिहान १० देखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुनेछ । शुक्रबार भने बिहान १० देखि दिउँसो ३ बजेसम्म कार्यालय समय तोकिएको छ । 

कार्यपालिकाको पहिलो बैठकले हप्तामा एक दिन शनिवार मात्रै बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलले पालिका खबरलाई जानकारी दिए ।