close

कर्णाली प्रदेशका १५ स्थानीय तह एलआईएसपीमा छानिए

कर्णाली प्रदेशका १५ स्थानीय तह एलआईएसपीमा छानिए

Trulli
ADVERTISEMENT

काठमाडौँ । कर्णाली प्रदेशका १५ स्थानीय तह पूर्वाधार सहयोग कार्यक्रम (एलआईएसपी) मा छानिएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चार नगरपालिका र ११ गाउँपालिकालाई सो कार्यक्रमका लागि छनोट गरेको हो । मन्त्रालयले उक्त कार्यक्रमका लागि सहभागी हुन इच्छुक स्थानीय तहलाई यही विसं २०७८ चैत २७ मा पहिलो पटक आशय पेस गर्न आह्वान गरिएकामा ५७ स्थानीय तहले आवेदन दिएका  थिए ।

पेस भएका स्थानीय तहहरूको आशय पत्रको मूल्याङ्कन गर्दा उच्चतम अङ्क प्राप्त गर्ने ५७ स्थानीय तहमध्ये रास्कोट नगरपालिका र शुभकालिका गाउँपालिका कालिकोट, नलगाड नगरपालिका र बारेकोट गाउँपालिका जाजरकोट, सोरु र मुगुमा कार्मारोङ गाउँपालिका छनोटमा परे ।

त्यस्तै, भेरीगङ्गा नगरपालिका र सिम्ता गाउँपालिका सुर्खेत, सिमकोट, खार्पुनाथ र ताँजाकोट गाउँपालिका हुम्ला, शे–फोक्सुन्डो गाउँपालिका डोल्पा, तिला गाउँपालिका जुम्ला, दुल्लु नगरपालिका दैलेख, दार्मा गाउँपालिका सल्यान पनि छनोटमा परेका छन् । 

सामान्य प्रशासन मन्त्रालयका अनुसार बेलायत सरकारको आर्थिक सहयोगमा विश्व खाद्य कार्यक्रम र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहयोगमा उक्त कार्यक्रम सञ्चालन हुनेछ ।

उक्त कार्यक्रम कर्णाली प्रदेशमा २०२३ जुलाईसम्म सञ्चालन हुने र त्यसबाट पूर्वाधार विकास, जलवायु परिवर्तन, फोहरमैला व्यवस्थापन लगायतको क्षेत्रमा काम गरिने बताइएको छ ।