close

बेथानचोकको बजेट ५९ करोड ११ लाख

बेथानचोकको बजेट ५९ करोड ११ लाख

Trulli
ADVERTISEMENT

काभ्रे । बेथानचोक गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ५९ करोड ११ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 

गाउँपालिकाले नीति कार्यक्रमको कार्यान्वयनका लागि विनियोजित कुल ५९ करोड ११ लाख रुपैयाँको बजेट मध्ये चालु खर्चतर्फ  ३१ करोड ५ लाख रुपैयाँ पुँजीगत तर्फ २८ करोड ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गाउँपालिकाको शुक्रबार सम्पन्न गाउँपालिकाको ११ औँ गाउँ सभामा आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम समेत प्रस्तुत गरिएको छ । 

पालिकाले जिल्लाकै उच्च स्थान बेथानचोक नारायणसम्म केबलकार सञ्चालन तथा प्रदेश राजधानी हेटौँडा प्रवेश गर्ने छोटो मार्ग ढुर्खक–फापरबारी–हेटौँडा सडकको दुर्लुङखोला च्याम्राङबेसी खण्डमा सुरुङ मार्गको अध्ययन र स्थानीय लड्कु खोला र च्याल्टी खोलाको पानीबाट विद्युत् उत्पादनका लागी सम्भाव्यता अध्ययन गर्ने योजना ल्याएको छ ।