close

५ वर्षे विकास योजनाका लागि कार्यशाला

५ वर्षे विकास योजनाका लागि कार्यशाला

Trulli
ADVERTISEMENT

काठमाडौँ । तारकेश्वर नगरपालिकाले योजना तयारीको लागि कार्यशाला गरेको छ । नगरपालिकाले  आगामी ५ वर्षेआवद्यिक नगर विकास योजना तयारीको कार्यशाला गरेको हो । 

नगरपालिकाको अनुसार पालिकाका जनप्रतिनिधि र कर्मचारीको उपस्थितीमा कार्यशाला गरेको हो । नगरपालिकाका नगरप्रमुख कृष्णहरी महर्जनको अध्यक्षतामा कार्यशाला गरेको जनाइएको छ । 

 कार्यशालमा  उपस्थिति परामर्शदाताको तर्फबाट आवद्यिक योजना सम्बन्धमा विभिन्न प्रस्तुतिकरण गरिएको थियो । प्रस्तुतिको क्रममा आवद्यिक योजना भनेको के हो ? कसरी तयार गर्ने र सो तयारीका प्रकृयाहरु के कसरी अगाडी बढ्छन भन्ने बारे जानकारी दिएको नगरप्रमुख महर्जनले बताए ।