close

तस्बिरमा भक्तपुरको गाईजात्रा

तस्बिरमा भक्तपुरको गाईजात्रा

Trulli
ADVERTISEMENT

भक्तपुर– बिहिबार भक्तपुरमा धुमधामसाथ गाईजात्रा मनाइएको छ । मृतकको आत्मशान्तिको कामना गर्दै हाँस्यव्यङ्ग्य र ख्याल ठट्टासहित भक्तपुरका नेवार समुदायले धुमधामका साथ सापारु (गाईजात्रा) पर्व मनाएको हो । 

धार्मिक र सांस्कृतिक महत्वको गाईजात्रा भक्तपुर नगरमा मुलुकका अन्य भागमा मनाउनेभन्दा विशेष र मौलिक शैलीमा मनाउने गरिन्छ । भक्तपुरमा गाईजात्रालाई आँसु र हाँसोको सङ्गम पर्वकारुपमा लिइन्छ । शोकलाई हाँसोमा परिवर्तन गर्ने प्रतिकात्मक अर्थ र सन्देश बोकेको पर्वका रुपमा भक्तपुर नगरको गाईजात्रालाई लिइन्छ ।

मृतकका घरबाट गाई निकाल्दा आफन्त मृतकको सम्झनामा रुनुपर्ने परम्परा एकातिर छ भने अर्कोतर्फ विभिन्न खालका हाँस्यव्यङ्ग्य र ख्यालठट्टासहितका झाँकी नगरपरिक्रमा गरी भक्तपुरमा गाईजात्रा मनाइन्छ । 
 
हेरौँ तस्बिरमा भक्तपुरको गाईजात्रा

 

तस्बिरः भक्तपुर नगरपालिकाको सामाजिक सञ्जाल (फेसबुक)बाट