close

एमालेमा प्रचण्डले रोपेको बीऊ नउम्रिने खालको : भुसाल

एमालेमा प्रचण्डले रोपेको बीऊ नउम्रिने खालको : भुसाल

Trulli
ADVERTISEMENT

काठमाडौं । मान्छे एकदिन जो पनि इमान्दर हुन्छन् तर जीवनभर इमान्दार अति न्यून मानिसमात्र हुने गर्दछन् । तीमध्ये एक कम्युनिष्ट नेता सिद्धिलाल सिंह रहेको नेकपा एमालेका नेता घनश्याम भुसालले बताएका छन् । 

नेपाल कम्युनिष्ट आन्दोलनका ८८ वर्षीय शीर्ष नेता सिद्धिलाल सिंहको जन अभिनन्दन कार्यक्रमामा बोल्दै नेकपा एमालेका नेता भुसालले सिंहको योगदानको कदर गर्दै यस्तो बताएका हुन् । 

साथै पछिल्लो समय कम्युनिष्ट विभाजन हुनुको कारण राजनीतिलाई धन्दा बनाउने र निजी आयको धन्दा बनाउने र सजिलो आयको धन्दा बनाउने र त्यसलाई बचाउने गुठबन्दी गर्ने काम हुनु दु:खद भएको उनको भनाइ छ । 

'त्यो एकदमै डरलाग्दो रोग व्यहोर्दै आएका छौं । सबैभन्दा ठूलो दल कुन भन्दा कम्युनिष्ट.... चौथो, पाँचौं, छैटौं ठूलो पार्टी सबै कम्युनिष्ट छन् । तर कम्युनिष्ट पार्टीले गर्न सक्ने जे हालत थियो तर जुन हालतमा छ । हामी सबैलाई थाहा छ ।' उनले भने । 

साथैनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेभित्र बामपन्थी एकताको बीउ रोपिएको तथा केही समयपछि त्यो फुल्ने फल्ने दाबीको भुसालले प्रतिकार छन् ।

'एउटा खास धारालाई उत्साहित गर्न जे बोल्नु भयो त्यो राम्रो हो तर अहिलेको आवश्यकतालाई क. प्रचण्डले बुझ्नु भएको छैन । 'उनले भने, ‘माओवादीको बीऊ, एमालेको बीऊ, समाजवादीको बीऊ अब यी बीऊहरू उम्रन्न।’ 

उनले उम्रिने बीऊको कुरा प्रचण्डले नगरे पनि हिजो एमाले  र माओवादीको एकता हाइब्रिड थियो । त्यो बीऊ अझै नमरिसकेकाले यसलाई बचाउन सकिने र यसका लागि आफू लागिपर्ने उनको भनाइ छ ।