close

काठमाडौँमा रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौँमा रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने

Trulli
ADVERTISEMENT

काठमाडौं- यस वर्षको तिहारमा काठमाडौँ महानगरपालिकाभित्र रातको १ बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । विगतका वर्षहरुमा रातको ९ बजेसम्ममात्र देउसीभैलो खेल्न पाउने नियम थियो । 

महानगरपालिकाले नगर प्रहरीको पेट्रोलिङमा देउसी भैलो खेल्ने समय रातको १ बजेसम्म राखिएको महानगरका नगरप्रमुख बालेन साहले जनाएका छन् ।

‘यो वर्ष काठमाडौं महानगर नगरप्रहरीले राति एक बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको ब्यवस्था मिलाएका छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हार्दिक अनुरोध गर्दछौं, सोही अनुरुप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौं ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

काठमाडौँ महानगरका नगरप्रमुख शाहले शुक्रबार सामाजिक सञ्जालमा सूचना पोष्ट गर्दै १ बजेसम्म देउसीभैलो खेल्न सकिने जनाएका हुन् ।