close

सहिदभूमिको प्रशासनिक भवन उद्घाटन

सहिदभूमिको प्रशासनिक भवन उद्घाटन

Trulli
ADVERTISEMENT

धनकुटा–धनकुटाको सहिदभूमि गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरिएको छ । नवनिर्मित भवनको संघीय प्रतिनिधिसभा सदस्य राजेन्द्रकुमार राईले उद्घाटन गरेका हुन् । पालिका भवन २ करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो ।

 

कार्यक्रममा सांसद राईले भवन निर्माणपछि सेवाग्राहीलाई प्रशासनिक सेवा लिन सहज हुने विश्वास व्यक्त गरे । समयअगावै भवन निर्माण पूरा गर्ने सगरमाथा सुदीक्षा थुलुङ जेभीका सञ्चालक दीपक राईलाई सम्मान गरिएको थियो ।

 

कार्यक्रममा संविधानसभा सदस्य तथा एमाले पार्टी प्रदेश उपाध्यक्ष टीकाराम चेम्जुङ, एमाले पार्टी अध्यक्ष तथा प्रदेश सांसद इन्द्रमणि पराजुली, प्रदेश सांसद निरन राई र जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंक चौहानले शुभकामना व्यक्त गरेका थिए ।

 

भवन निमार्णका लागि जग्गा उपलब्ध गराउने जग्गादाता जयवृद्धि राई, जसलाल राई, मदनकुमारी राई र गोविन्द भुजेललाई पालिका अध्यक्ष मनोज राईले सम्मान गरे ।