close

थोकोपैस झरनाको मनमोहक दृश्य (फोटोफिचर)

थोकोपैस झरनाको मनमोहक दृश्य (फोटोफिचर)

Trulli
ADVERTISEMENT

सोलुखुम्बु । महाकुलुङ अर्थात् दूधकोकोसी पारिका गाउँपालिका । महाकुलुङ- ५ चाचालुङमा प्राकृतिक सुन्दर र उचाइबाट थोकोपैस झरना बग्ने गर्छ । यो झरना करीब १४० मिटर उचाइ अग्लो छ । यसको संरक्षण प्रयास कहीँ कतैबाट भएको छैन ।

स्थानीय सरकारको पहिलो कार्यकाल समाप्त भएर दोस्रो कार्यकाल सुरु हुँदासम्म स्थानीय सरकार झरनाबारे बेखखरजस्तै छ । केही व्यक्तिको पहलमा विगत एक दशकदेखि संरक्षणको प्रयास छ तर प्रचार-प्रसारको अभावमा झरना ओझेलमा छ ।

समय बित्दो छ, यस क्षेत्रको जनसंख्या वृद्धि तीव्र बन्दै गएको छ । तर, थोकोपैस घट्दो रुपमा बग्दै छ । वर्षायाममा टाढाटाढाबाट देख्न सकिने यो झरना हिउँदमा भने नजिकबाट समेत देख्न सकिँदैन । कारण ? खानेपानी अभाव । 

खानेपानी अभाव भएपछि चिङ्केम्माला, जम्कोत, बनाम्बस्को, झरिंगे, वाससेम्लातिर थोकोपैसकझ पानी लैजाने र कुलो खनेर बारी हराभरा पार्न थालिएपछि थोकोपैस दुब्लाएको हो । 

महाकुलुङमा रहेको थोकोपैस झरनालगायत अन्य सम्पदाप्रति राज्यको दृष्टि पुग्ने हो भने थोकोपैस पर्यटकीय स्थल बन्नेछ । त्यसपछि स्थानीयको व्यवसाय फस्टाउने थियो । त्यतिमात्र होइन, बेरोजगार स्थानीय स्वरोजगार युवाका रूपमा स्थापित हुनुका साथै देशकै पहिचान र गौरवमा अवश्य टेवा पुग्ने थियो । 

थप तस्बिर हेर्नुस्